एक किलोको मूल्य १४० रुपैयाँ पुगेपछि म्याकडोनाल्डको बर्गरबाट टमाटर गायब
काठमाडौं । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्यापबाट टमाटर हटाएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो।
भारतका केही भागमा पछिल्लो एक महिनामा टमाटरको मूल्य २८८ प्रतिशतले बढेको छ । शुक्रबार एक किलो टमाटरको भाउ १४० रुपैयाँ पुगेको छ ।
दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्।
ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि गुणस्तरीय टमाटरको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौँ । जसका कारण टमाटरविना खाद्यवस्तु खुवाउन बाध्य छौं ।
यी पसल सञ्चालकहरूले समस्या टमाटरको मूल्यमा नभएर गुणस्तरमा भएको बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment