बंगलादेशमा दुई रोहिंग्या समूहबीच हिंसात्मक झडप, ६ शरणार्थीको मृत्यु

डिसी नेपाल
२३ असार २०८० १०:३७

काठमाडौं । बंगलादेशको पूर्वमा रहेको रोहिंग्या शरणार्थी शिविरमा दुई समूहबीच भएको झडपमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु रोहिंग्या शरणार्थी हुन् ।

रोहिंग्या शरणार्थी शिविरबाट सञ्चालनमा रहेका दुई प्रतिद्वन्द्वी समूहबीचको हिंसात्मक झडपको यो पछिल्लो घटना हो।

रोहिंग्या शरणार्थीहरूको हितका लागि लड्ने दाबी गर्ने यी दुई संस्थामध्ये एउटा अराकान रोहिंग्या साल्भेसन आर्मी र अर्को रोहिंग्या सोलिडारिटी अर्गनाइजेसन हो।

प्रहरी विभागका प्रवक्ता फारुक अहमदले मृतक ६ मध्ये पाँच जना एउटै समूहका रहेको बताए ।

शरणार्थी नेताको हत्यापछि बिहानै दुई समूहबीच गोली हानाहान भएको थियो ।

केही समयअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख अभियोजकले यहाँका रोहिंग्या शरणार्थी शिविरको भ्रमण गरेको बेला यो घटना भएको हो ।

सन् २००७ मा म्यानमारमा भएको सैन्य कारबाहीपछि ठूलो संख्यामा रोहिंग्या शरणार्थीले देश छोड्नु परेको थियो ।

म्यानमारबाट भागेर करिब १० लाख रोहिंग्या शरणार्थीले बंगलादेशमा शरण लिएको विश्वास गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *