बालासोर रेल दुर्घटना: सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ
काठमाडौं । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान गर्दा सीबीआईले शुक्रबार तीन रेल कर्मचारीलाई पक्राउ गरेको छ। समाचार एजेन्सी पीटीआईले यो खबरको पुष्टि गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार यी व्यक्तिहरूको नाम वरिष्ठ सेक्शन अरुण कुमार, सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार हुन्।
उनीहरूविरुद्ध सीआरपीसीको धारा ३०४ र २०१ अन्तर्गत एफआईआर दर्ता गरिएको छ।
दक्षिण पूर्व रेलवेका प्रमुख जनसम्पर्क अधिकृत आदित्यकुमार चौधरीले बीबीसीका सहयोगी पत्रकार सुब्रत कुमार पाटीलाई रेलवेको तर्फबाट सीबीआईसँग कुरा गर्ने प्रयास भइरहेको बताए । अहिलेसम्म रेलवेसँग यसबारे कुनै जानकारी छैन।
गत महिना, जुन २ को साँझ बालासोरको बहंगा स्टेशन नजिकै रेल दुर्घटना भएको थियो, जसमा २९० जनाभन्दा बढीले ज्यान गुमाएका थिए र १ हजार घाइते भएका थिए।
यो दुर्घटना तीन ट्रेन शालिमार चेन्नई कोरोमण्डल एक्सप्रेस, बेंगलुरु हावडा सुपरफास्ट एक्सप्रेस र एक माल ट्रेन बीच भएको थियो।
घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अनुसन्धान गरिरहेको छ ।
Facebook Comment