पाकिस्तानबाट प्रेमका लागि भारत आएकी सीमा हैदर धरौटीमा रिहा

डिसी नेपाल
२३ असार २०८० १३:१८

काठमाडौं। पाकिस्तानबाट आफ्ना चार सन्तान लिएर भारत आएकी सीमा गुलाम हैदर र उनका प्रेमी सचिन मीणाले अदालतबाट धरौटी पाएका छन् ।

सीमा गुलाम हैदरले सचिन मीणालाई पब्जी गेमका क्रममा भेटेकी थिइन् र उनलाई भेट्न दुबई र नेपाल हुँदै अवैध रूपमा भारत आएकी थिइन् ।

उत्तर प्रदेशको ग्रेटर नोएडामा सचिनसँग भाडाको कोठामा बसेकी सीमालाई प्रहरीले यसै हप्ता पक्राउ गरेको थियो । अहिले उनलाई अदालतले जमानत दिएको छ ।

बीबीसी संवाददाता अभिनव गोयलसँगको कुराकानीमा ग्रेटर नोएडाको रब्बुपुरा पुलिस स्टेशनका एसएचओ सुधीर कुमारले सीमा गुलाम हैदर र सचिन मीणाले जमानत पाएको र दुवै आफ्नो घर फर्किएको बताए।

घर छाडेर कतै गएमा अदालतलाई जानकारी गराउनु पर्ने उनले बताए । भारतीय मिडियामा सीमा हैदर र सचिन मीणाको प्रेमकथाको चर्चा भइरहेको छ ।

यसैबीच, साउदी अरबमा बस्दै आएका सीमाका श्रीमान् गुलाम हैदरले बीबीसीलाई भने कि उनी आफ्नी श्रीमती र छोराछोरी फिर्ता चाहन्छन्।

पाकिस्तानको कराँचीमा बस्ने सीमा हैदरको सचिन मीणासँग पबजी गेममार्फत परिचय भएको थियो । त्यसपछि उनी पाकिस्तानबाट आफ्ना चार सन्तान लिएर भारत आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *