पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु, पञ्जाबमा ३० वर्षको रेकर्ड तोडियो

डिसी नेपाल
२५ असार २०८० १३:२६

काठमाडौं । पाकिस्तानमा भारी वर्षा र खराब मौसमका कारण ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३१ बालबालिका पनि रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । वर्षाका कारण ७८ घर पनि भत्किएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले यो जानकारी दिएको हो।

वर्षाको सबैभन्दा बढी असर पाकिस्तानको पञ्जाब प्रान्तमा परेको छ, जहाँ ४८ जनाको मृत्यु भएको छ । त्यहाँ वर्षाले विगत ३० वर्षको कीर्तिमान पनि तोडेको छ, एकै दिन २९१ मिलिमिटर पानी परेको छ । अर्कोतर्फ, ६ जुलाईको लाहोरमा भएको वर्षामा सडकमा पार्किङ गरेका सवारीसाधन पनि डुबेका थिए ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार पहिरोमा परी क्रिकेट खेल्दै गरेका ८ बालबालिकाको मृत्यु भएको छ । यहाँ भीषण वर्षाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । वर्षाका कारण दोस्रो बढी प्रभावित क्षेत्र रहेको बताइएको छ । भत्किएका भवन र विद्युतीय करेन्टको चपेटामा परेर पनि मानिसले ज्यान गुमाइरहेका छन् ।

वैज्ञानिकहरुका अनुसार पाकिस्तानमा जलवायु परिवर्तनका कारण मौसमी वर्षा बढिरहेको छ । गत वर्ष पाकिस्तानमा वर्षायाममा आएको बाढीका कारण १७०० जनाको मृत्यु भएको थियो । एकै समयमा, यसले ३३ लाख मानिसहरूको जीवनमा प्रभाव पारेको थियो।

आर्थिक संकटसँग लडिरहेको पाकिस्तानलाई २०२२ को बाढीले घुँडा टेकायो । परिस्थिति यस्तो बनेको थियो कि परराष्ट्रमन्त्री बिलावल भुट्टोले बाढीको असरसँग जुध्न संयुक्त राष्ट्रसंघका महासचिवसँग सहयोग माग्नुपरेको थियो ।

संयुक्त राष्ट्रसंघले आफ्नो अनुमानमा बाढीका कारण भएको भयावह क्षतिसँग जुध्न पाकिस्तानलाई सन् २०२३ मा ४ लाख करोड रुपैयाँ सहयोग आवश्यक पर्ने बताएको थियो, जसका लागि अन्य देशबाट प्राप्त हुने सहयोगमा पूर्ण रूपमा निर्भर रहने पाकिस्तानले जनाएको छ । बाढीका कारण ३० अर्ब डलरभन्दा बढीको क्षति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *