हराएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा खोजिँदै

डिसी नेपाल
२६ असार २०८० १२:००

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरको सोलुखुम्बुकै लामजुरा क्षेत्रमा खोजी भइरहेको छ । हेलिकप्टरको खोजीका लागि स्थानीय सुरक्षा बलका साथै काठमाडौंबाट अर्को हेलिकप्टर पनि पठाइएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।

हेलिकप्टर लामजुरा क्षेत्रको आकाशमा भएको बेलादेखि सम्पर्कविहीन भएकोले सोही षेत्रमा खोजी केन्द्रित गरिएको हो । यो क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *