नेटो सम्मेलनअघि लण्डन पुगे अमेरिकी राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्रीसँग के भयो कुराकानी ?

डिसी नेपाल
२६ असार २०८० १३:०३

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र बेलायतबीचको सम्बन्ध चट्टानजस्तै बलियो रहेको बताएका छन् । लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिनुअघि बाइडेन लन्डन पुगेका हुन् ।

अमेरिकाले युक्रेनलाई क्लस्टर बम दिने निर्णय गरेको बेला बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकबीचको यो भेटवार्ता भएको हो । यसप्रति बेलायत र क्यानडा दुवैले चिन्ता व्यक्त गरेका छन् । तर बाइडेनले यो पुरानो मित्र राष्ट्रसँग सम्बन्धमा कुनै समस्या नभएको बताएका छन् ।

क्लस्टर हतियारहरू अत्यन्त खतरनाक छन्। ठूलो क्षेत्रमा लाखौं साना बम फैलाउने यी हतियारको भयावहता देखेर विश्वका सयभन्दा बढी देशले प्रतिबन्ध लगाएका छन् ।

बाइडेनले विन्डसर क्यासलमा राजा चार्ल्सलाई पनि भेट्ने छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो नेटो बैठकले युक्रेन-रूस युद्धको अन्त्य पछि किभ नेटोको हिस्सा बन्ने कि नबन्ने ‘स्पष्ट संकेत’ दिने आशा व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *