चीनमा विद्यालयमा तीन बालबालिकासहित ६ जनाको हत्या आरोपी हिरासतमा

डिसी नेपाल
२६ असार २०८० १३:२४

काठमाडौं । चीनको ग्वाङ्डोङ प्रान्तको एक विद्यालयमा चक्कु प्रहार हुँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यस घटनामा २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने तीन जनामध्ये एक शिक्षक र दुई जना अभिभावक छन् । आक्रमणमा एक जना घाइते पनि भएका छन् ।

स्थानीय समय अनुसार सोमबार बिहान ७.४० बजे एउटा प्ले स्कुलमा आक्रमण भएको थियो । त्यतिबेला अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय पठाउन पुगेका थिए ।

प्रहरीले यसलाई ‘पूर्वनियोजित आक्रमण’ भनेको छ । तर, यसको पछाडिको कारण भने अझै खुल्न सकेको छैन ।

विद्यालय नजिकैको पसलका मालिकले वरपरका क्षेत्रहरू सिल गरिएको बीबीसीलाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *