उडान बन्द गरेको गो फर्स्ट एयरलाइन्स जुलाई मध्यदेखि उडान सुरु गर्न तयार

डिसी नेपाल
२६ असार २०८० १५:४१

काठमाडौं । गो एयरलाइन्सको रिजोलुसन प्रोफेशनल (आरपी) ले जुलाई १० मा दिल्ली उच्च अदालतमा सुनुवाइको क्रममा कम्पनीले जुलाईको मध्यदेखि उडान सुरु गर्ने तयारी गरेको तर यो डीजीसीएको अनुमतिमा निर्भर रहेको बताएको छ ।

बिबिसीकी सहकर्मी सुचित्रा मोहन्तीले एयरलाइन्सले कम्पनीको हितलाई ध्यानमा राखेर एकल बेन्चको जुलाई ५ को आदेशलाई रोक्न बेन्चमा अपिल गरेको बताइन् । मुख्य न्यायाधीश सतीशचन्द्र शर्माको अध्यक्षतामा रहेको इजलासमा यो सुनुवाइ भोलि पनि हुनेछ ।

वरिष्ठ अधिवक्ता राजमी श्रीनिवासन, गो एयरलाइन्सको आरपीका लागि उपस्थित भए । उनले भने “कम्पनीले जुलाईको मध्यबाट उडान सञ्चालन सुरु गर्नेछ, यो डीजीसीएको अनुमतिमा निर्भर गर्दछ। एयरलाइन्ससँग २६ वटा सञ्चालित विमान छन् । हामी यसलाई ट्रयाकमा फिर्ता ल्याउन कटिबद्ध छौं।”

५ जुलाईमा, दिल्ली उच्च न्यायालयको एकल न्यायाधीशको बेन्चले एयरलाइनका विमान भाडामा लिनेहरूलाई आगामी तीन दिन ३० वटा गोफर्स्ट विमानहरूको निरीक्षण र मर्मतसम्भार कार्य गर्न अनुमति दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *