नेपाल हुँदै भारत पुगेकी पाकिस्तानकी सीमा हैदरलाई भेट्न पाकिस्तानी कन्सुलरले अनुमति पाएनन्

डिसी नेपाल
२६ असार २०८० १६:०५

काठमाडौं । नेपाल हुँदै पाकिस्तानबाट भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले भारतसँग कन्सुलर पहुँच मागेको थियो तर अहिलेसम्म त्यो पहुँच नपाएको स्रोतले जनाएको छ ।

इस्लामावादमा उपस्थित बीबीसी संवाददाता शुमायला खानले यो जानकारी दिएकी छन् । सीमा गुलाम हैदर आफ्ना प्रेमी सचिन मीणालाई भेट्न नेपाल हुँदै आफ्ना चार सन्तानसहित अवैध रूपमा भारत आएकी थिइन् र यहीँ बिहे गरिन् ।

ग्रेटर नोएडामा प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो । पछि उत्तर प्रदेशको जेवर सिभिल अदालतले सीमा गुलाम हैदर र उनका प्रेमी सचिन मीणालाई राहत दिएको थियो। अदालतले सर्तसहित जमानत दिएको छ, ठेगाना परिवर्तन गरेर देशबाहिर जान रोक लगाएको छ ।

दुबईमा बस्ने सीमाका पाकिस्तानी श्रीमान् गुलाम हैदरले आफ्नी श्रीमती र छोराछोरीलाई फिर्ता ल्याउन पाकिस्तान सरकारसँग अपिल गरेका छन् । यसैबीच, भारतमा मिडियासँग कुरा गर्दै सीमाले आफू सचिनसँग हुन चाहेको बताएकी छन् ।

सन् २०१९ मा अनलाइन पबजी गेम खेल्दै गर्दा सीमा ग्रेटर नोएडाको रबुपुरा निवासी सचिन मीणासँग प्रेममा परे र आफ्ना चार सन्तानसहित नेपाल हुँदै भारत आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *