पोल्याण्डले फेरि कथित रुसी जासूसी नेटवर्कका सदस्यलाई हिरासतमा लियो

डिसी नेपाल
२६ असार २०८० १६:१९

काठमाडौं । पोल्याण्डले फेरि एक पटक रुसी जासूसी नेटवर्कका एक सदस्यलाई पक्राउ गरेको छ । पोल्याण्डका गृहमन्त्री मारियस कमिन्स्कीले सोमबार सो जानकारी दिएका हुन् ।

पोल्याण्डको सुरक्षा एजेन्सी एबीडब्ल्यूले अनुसन्धानका क्रममा अहिलेसम्म १५ जनालाई पक्राउ गरेको छ । कमिन्स्कीले ट्वीटरमा भने, “पक्राउ गरिएका रुसी संदिग्धले सैन्य अड्डा र बन्दरगाहको निगरानी गरेका थिए।”

पोल्याण्डका न्यायमन्त्रीले ट्वीटरमा नै पक्राउ परेका संदिग्ध युक्रेनको नागरिक भएको र आगामी दिनमा अझै धेरै गिरफ्तार हुन सक्ने बताएका छन् ।

गत महिना मात्रै, एबीडब्लु अधिकारीहरूले दक्षिणी पोल्याण्डबाट एक रूसी नागरिकलाई पक्राउ गरे। यो व्यक्ति एक पेशेवर आइस हक्की खेलाडी हो र पोल्याण्डको प्रिमियर लिगमा खेलेको छ।

यी संदिग्धहरूमाथि रुसको गुप्तचर निकायको आदेशमा धेरै हानिकारक गतिविधिको तयारी भइरहेको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *