बीबीसी प्रस्तोताको अश्लील तस्वीर प्रकरणमा किशोरीका वकिल भन्छन्, ‘केही गलत भएको छैन’

डिसी नेपाल
२६ असार २०८० १७:१९

काठमाडौं । बीबीसीका प्रस्तोताले एक किशोरीलाई अश्लील तस्वीरको लागि पैसा दिएको मामिलामा किशोरीका वकिलले किशोरीकी आमाको दावीलाई ‘बकवास’ भनेका छन्।

वकिलले बीबीसीलाई “केही गलत वा गैरकानूनी” भएको छैन भने र किशोरीलेले द सन पत्रिकालाई यसबारे रिपोर्ट नगर्न आग्रह गरेको दाबी गरे ।

‘द सन’ पत्रिकाले गत शुक्रबार यसबारे पहिलो रिपोर्ट प्रकाशित गरेको थियो । बीबीसी प्रस्तोताले किशोरीलाई अश्लील तस्बिर पठाउन पैसा दिएको दाबी गरिएको थियो।

उक्त अखबारले किशोरकी आमाको दाबीलाई पुष्टि गर्ने प्रमाणहरू देखेको बताएको छ।

यसैबीच, सोमबार बीबीसीलाई पठाइएको पत्रमा वकिलले शुक्रबार साँझ अखबारमा पठाइएको ह्वाट्सएप सन्देशमा किशोरीले दाबी अस्वीकार गरेको बताएका छन्।

किशोरीले उक्त सन्देशमा भनेकी थिइन्, “आफ्नी आमाले पत्रिकाको अगाडि गरेको दाबी पूर्णतया गलत हो र यसमा कुनै सत्यता छैन।”

यसका बाबजुद ‘द सन’ पत्रिकाले गलत समाचार छापेको पनि वकिलले बताए ।

वकिलले पत्रमा लेखेका छन्, “कुनै पनि भ्रमबाट बच्नको लागि, मेरो क्लाइन्ट र बीबीसीका प्रस्तोताबीच कुनै गलत वा गैरकानुनी कुरा भएको छैन र ‘द सन’ अखबारमा प्रकाशित आरोपहरू पूर्णतया बकवास हुन्।”

यस विषयमा गरिएको रिपोर्टिङ गोपनियताको उल्लङ्घन भएको पनि वकिलले बताए । उनले आफ्ना ग्राहकलाई सम्पर्क नगरेकोमा ‘द सन’ पत्रिका र बीबीसी दुवैको आलोचना पनि गरे।

वकिलले दावीकर्ता आमा र किशोरी अब सँगै नबस्ने बताए।

यसबारे ‘द सन’ अखबारले जवाफ दियो, “हामीले आफ्ना प्रस्तोताको व्यवहारको बारेमा बीबीसीलाई गुनासो गर्ने दुई धेरै चिन्तित अभिभावकहरूको कथा प्रकाशित गर्यौं। हामीले प्रमाणहरू देख्यौं जसले उनीहरूको चिन्तालाई पुष्टि गर्छ। अब यो राम्रोसँग अनुसन्धान गर्ने काम बीबीसीको हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *