श्रीमानसँग सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि…

डिसी नेपाल
२७ असार २०८० ८:५०

नयाँदिल्ली। जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो। पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो।

प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन्। उनकी आमाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद गरेर युवती प्रेमीको घर पुगेकी थिइन् तर उसले अस्विकार गरिदियाे, जसकाकारण आत्माहत्या गर्न पुगेकी हुन्।

गत ६ जुलाइमा एक युवतीले पूर्णागिरी शताब्दी एक्सप्रेसको अगाडि हाम फालेर आत्महत्या गरेकी थिइन्। प्रहरीले शव पहिचानका लागि शव गृहमा राखेको थियाे। तीन दिनसम्म पहिचानका लागि कोही नआएपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो। सोमबार युवककी आमा जेहानाबाद प्रहरी चौकी पुगिन्। तस्बिर हेरेर उनले साे शव २० वर्षीया छोरीको भएको पहिचान गरेकी थिइन्।

मृतककी आमाका अनुसार छोरीको २०२१ मा पाकडिया गाउँमा विवाह भएको थियो। साउन ३ गते उनले श्रीमानसँग सम्बन्ध तोडिन्। श्रीमानसँग सम्बन्धविच्छेद गरे पछि उनी कला मन्दिर निवासी प्रेमीकाको घर पुगिन्। केही दिनपछि प्रेमीले पनि अस्वीकार गरे। युवतीले आफ्नो प्रेमीको ठगी गरेकाे सहन सकिनन्। उनी बरेली जंक्शन पुगिन्, जहाँ उनले आत्महत्या गर्न ट्रेनको प्रतीक्षा गरिन्।

बरेलीका एक युवकले उनको असहज खालकाे कार्य देखेर आत्महत्या गर्नबाट रोकेका थिए। उसलाई आफ्नो घरमा लगे र सम्झाइ बुझाइ गरी ६ जुलाईमा ती युवकले उनलाई पिलिभीत जाने रेलमा बसाएका थिए। त्यसपछि युवती यहाँ आइन् र रेलको अगाडि हाम फालेर आत्महत्या गरिन्। जेहानाबाद प्रहरी चौकी इन्चार्ज प्रवीण कुमारले यस विषयमा कुनै उजुरी नपरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *