युक्रेन सहभागी हुने समयसीमा नतोकेकोमा जेलेन्स्कीले नेटोको आलोचना गरे

डिसी नेपाल
२७ असार २०८० १२:५८

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटोमा युक्रेनलाई समावेश गर्ने समयसीमा नतोक्ने कुरा नितान्त ‘वाहियात’ भएको भन्दै नेटोलाई निशाना बनाएका छन् ।

जेलेन्स्कीले लिथुआनियाको राजधानी भिल्नियसमा मङ्गलबारदेखि सुरु हुने शिखर सम्मेलनअघि सामाजिक सञ्जाल साइट ट्वीटरमा राखिएको पोस्टमा धेरै कुरा भनेका छन् ।

यसो गर्दा युक्रेनको सदस्यताका लागि रुससँग बार्गेनिङ गर्ने ठाउँ रहेको उनको आरोप छ । उनले भनेका छन् कि यसले रुसलाई आफ्नो ‘आतंक’ जारी राख्न प्रोत्साहित गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *