बैंगलोरमा कम्पनीका सीईओ र उनका सहयोगीको हत्या, कम्पनीका पूर्व कर्मचारीमाथि आरोप

डिसी नेपाल
२७ असार २०८० १५:२१

काठमाडौं । बैंगलोरमा इन्टरनेट सेवा कम्पनी चलाउने दुई व्यक्तिको कम्पनीका पूर्व कर्मचारीले हत्या गरेको आरोप छ ।

सहरको आवासीय क्षेत्रमा रहेको एरोनिक्स मिडिया प्रालिका प्रबन्ध निर्देशक फणिन्द्र सुब्रमण्य र सीईओ वीनु कुमारमाथि घातक हतियार प्रहार भएको छ ।

फणीन्द्र सुब्रमण्यलाई उनको कम्पनीका पूर्व कर्मचारी फेलिक्स र उनका दुई सहयोगीले कार्यालयमा प्रवेश गरेपछि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई बचाउन भागेका वीनुलाई पनि आक्रमणकारीले आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणकारीहरु तरवार र छुराले सशस्त्र थिए । प्रहरी सहायक आयुक्त रमन गुप्ताले बीबीसी हिन्दीलाई बताएअनुसार यो सानो कम्पनी केही महिनाअघि मात्रै स्थापना भएको हो ।

उनका अनुसार अभियुक्तहरु सबै धारिलो र घातक हतियार बोकेका थिए । प्रहरीका अनुसार हत्याको कारण खुल्न सकेको छैन । अनुसन्धानपछि घटनासँग सम्बन्धित जानकारी खुल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *