प्रधानमन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको जागिर गयो

डिसी नेपाल
२७ असार २०८० १६:०१

काठमाडौं । पाकिस्तानका एक पत्रकारले प्रधानमन्त्री शहबाज सरिफलाई देशमा मिडिया स्वतन्त्रतामा आएको ह्रासबारे प्रश्न गरेपछि आफूलाई जागिरबाट निकालिएको दाबी गरेका छन् ।

आजम चौधरी नामका यी पत्रकार पाकिस्तानको आधिकारिक टिभी च्यानल पीटीभी (पाकिस्तान टेलिभिजन) सँग सम्बन्धित थिए।

लाहोर प्रेस क्लबका अध्यक्ष आजम चौधरीले ३० जुनमा पञ्जाबको गभर्नर हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहबाज सरिफलाई प्रश्न गरेको दाबी गरेका छन् । यस क्रममा पाकिस्तान सरकारका दुई मन्त्री इशाक दार र मरियम औरंगजेब पनि उपस्थित थिए।

पाकिस्तानको एआरवाई न्यूजका अनुसार वरिष्ठ पत्रकारले शहबाज शरीफलाई अभिव्यक्ति स्वतन्त्रता र जमीनी वास्तविकतामा उनको भनाइबीचको भिन्नताबारे प्रश्न गरेका थिए।

जबकि, राष्ट्रपाकिस्तानका अनुसार चौधरीले मिडियामाथिको अघोषित प्रतिबन्ध कहिले हट्ने भनेर पनि सोधेका थिए । पाकिस्तानकी सूचना मन्त्री मरियम औरंगजेबले आजम चौधरीको दाबीलाई अस्वीकार गरेकी छिन् ।

उनले लामो ट्विटमा भनेकी छिन् कि आजम चौधरी न त पीटिभी को कर्मचारी हुन् न त उनी कहिल्यै थिए। उनी पीटीभीको विश्लेषकहरूको समूहको मात्र हिस्सा थिए । उनलाई यो समूहबाट हटाइएको छैन न त उनलाई छोड्न भनिएको छ ।

मरियम औरङ्गजेबले पत्रकार सम्मेलन बोलाउँदा पनि पत्रकारको विचारबारे सरकार सचेत रहेको बताएकी छन् । सरकारले उनीहरुको आवाज वा प्रश्न दबाउन चाहेको भए उनीहरुलाई बोलाएर प्रश्न सोध्ने मौका नै दिइदैन । उनको प्रश्नको प्रधानमन्त्रीले पूर्ण जवाफ दिनुभयो र मैले पनि ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *