करेन्ट लागेर त्रियुगाका एक जनाको मृत्यु

डिसी नेपाल
२७ असार २०८० २२:०५

उदयपुर । सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु भएको छ ।

बुधबार दिउँसो २:३० बजे त्रियुगा नगरपालिका ४ फर्सेटमा सडकबत्ती बनाउनेक्रममा करेन्ट लाग्दा सोही ठाउँका नगरपालिकाका करारका कर्मचारी ४० वर्षीय युवराज राईको ज्यान गएको हो ।

सडकको बिजुलीको पोलमा काम गर्नेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका राईको जिल्ला अस्पतालको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्‍याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *