विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकी शिक्षिका पक्राउ

डिसी नेपाल
२८ असार २०८० ८:४८

न्युयाेर्क। अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षिकाको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन्। यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ। यो अचम्मलाग्दो कुरा के हो हामी तपाईलाई बताउँछौं।

यी शिक्षिकामाथि लगाइएको आरोप सत्य सावित भएको छ। अमेरिकाको यो प्रान्तको कानून अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षिका प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षिका र विद्यार्थीबीचको सम्बन्ध गैरकानूनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ। त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।

डेली स्टारको रिपोर्टका अनुसार २६ वर्षीया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन्। विद्यार्थी अभिभावकसँगै बस्थे।

यस घटना सार्बजनिक भएपछि पीडित बालकाे परिवारमा आक्रोश र आश्चर्य छ किनकी धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो ? भन्ने कुरा उनीहरूले धेरै ढिलो थाहा पाए। यसबीचमा केली राति राती गोप्य रूपमा बालककाे घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन्। कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभइ गाडी र बगैचामा पनि याैन सम्पर्क राखेकी थिइन ।

त्यसमाथि अरू कसैको ध्यान नपरोस् भनेर दुवै जना सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेकाे कुरा अदालती प्रकियाकाे क्रममा खुलेकाे थियाे।

प्रचलित कानुनअनुसार अब यी शिक्षिकालाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ। अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *