चर्चित लेखक मिलन कुन्देराको ९४ वर्षको उमेरमा निधन

डिसी नेपाल
२८ असार २०८० ११:४०

काठमाडौं । प्रसिद्ध चेक-फ्रान्सेली लेखक मिलन कुन्देराको ९४ वर्षको उमेरमा पेरिसमा निधन भएको छ ।

मिलन कुन्देरा पुस्तकालयले बुधबार ‘लामो विरामीपछि उनको मंगलबार पेरिसस्थित आफ्नै घरमा निधन भएको’ जनाएको छ ।

उपन्यासकार, कवि तथा लेखक मिलन कुन्देरा कम्युनिष्ट शासनसँगको असहमतिका कारण देश छाडेर फ्रान्स गएर सन् १९७५ देखि निर्वासन जीवन बिताइरहेका थिए ।

कुन्देराको जन्म १ अप्रिल १९२९ मा चेकोस्लोभाकियाको ब्रनो सहरमा भएको थियो र उनको पढाइ प्रागमा भएको थियो ।

उनको सबैभन्दा चर्चित उपन्यास ‘द जोक’ हो जसले एक साधारण ठट्टाका लागि विश्वविद्यालय र कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएका युवाको कथा बताउँछ। यो उपन्यास १९६७ मा प्रकाशित भएको थियो।

कुन्देरा आफैं कम्युनिष्ट थिए तर सन् १९६८ मा प्राग वसन्त सुधार आन्दोलन सुरु भएपछि सोभियत सेनाको नेतृत्वमा दबाइएपछि उनको विद्यमान प्रशासनप्रतिको विरोध बढ्यो ।

अर्को उपन्यास द बुक अफ लाफ्टर एन्ड फोर्गेटिङको विमोचनपछि सन् १९७९ मा उनको चेक नागरिकता खोसियो। फ्रान्सले सन् १९८१ मा स्थायी नागरिकता दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *