ललिता निवास प्रकरण

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

डिसी नेपाल
२८ असार २०८० १६:३१

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २४ असारमा सचिव राउतलाई विराटनगर जान लाग्दा काठमाडौं एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो ।

ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा तत्कालीन शाखा अधिकृत रहेका राउतले टिप्पणी उठाएको आरोप सीआईबीको छ । पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *