युक्रेनी महिला सैनिककाे पीडा, हातमा एके ४७ छ तर साथमा छैन स्यानिटरी प्याड

डिसी नेपाल
२९ असार २०८० १०:०३

किभ। युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन् कि युद्ध श्रोतले होइन, साहसले लडिन्छ।

यो पटक रुस–युक्रेन सीमामा उभिएकी महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई अगाडी उभिएर जवाफ दिइरहेकी छन्।

यहाँ हामी युक्रेनका महिला सैनिकहरूको पीडाको बारेमा कुरा गर्दैछौं, जसले रुसी आक्रमणबाट देशको रक्षा गर्दा स्रोतसाधनको चरम अभावको सामना गरिरहेका छन्।

यसैबीचमा केही युद्ध पत्रकारले धेरै महिला सैनिकहरूसँग कुरा गरेका छन्, जसले आफ्नो कठिन अवस्थाको बारेमा जानकारी दिँदै स्रोतको अभाव हुदाँ पनि आफ्नो मनोबल तोड्न नसकेको बताए। अवस्था यस्तो छ कि महिला सैनिकको पोसाक पनि उनीहरुको साइजभन्दा निकै ठूलो छ।

‘डेली वेस्टमा प्रकाशित रिपोर्टका अनुसार युक्रेनका हजारौं महिला सैनिक रुसविरुद्ध जारी युद्धको बीचमा बहादुरीका साथ लडिरहेका छन्। यी महिला सैनिकहरूसँग उनीहरूको सही साइजको वर्दी पनि छैन। युक्रेनको सशस्त्र बलमा करिब ६० हजार महिला तैनाथ छन्।

यस रिर्पोट अनुसार धेरै महिला सैनिकलाई उद्धृत गर्दै सेनामा महिला स्रोतको व्यापक अभाव रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थाले युक्रेनका सैन्य स्वयंसेवीहरूको चिन्ता थपिएको छ।

महिला सैनिकका अन्य चिन्ताको बारेमा कुरा गर्दा नराम्रो पोशाक बाहेक उनीहरूसँग राम्रो गुणस्तरको जुत्तासमेत छैन। कतिपय महिलाले पुरुष सिपाहीको बडी आर्मर प्रयोग गर्नुपर्ने हुन्छ। सही साइजको जुत्ता नहुँदा उनी आवश्यक पर्दा छिटो दौडिन पनि सक्दैनन्।

महिला सैनिकहरुले महिनामा केही दिन रासन समेत नपाएको बताएका छन्। उनीहरुलाई औषधि र सेनेटरी प्याडको पनि अभाव छ। महिला सैनिकहरू युद्धको मैदानमा आफ्नो हेरचाह गर्न असमर्थ छन्। उनी स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याबाट गुज्रिरहेका छन्। माइनस तापक्रम भएको जंगलमा शौचालय जाने व्यवस्था नभएको जुलिया नामकी महिला सैनिकले बताइन्।

महिला सैनिकहरूले सिस्टिटिस र ढाड दुख्ने समस्याको सबैभन्दा बढी सामना गर्नु परिरहेको छ। यस्तो कठिन परिस्थितिमा पनि देशको रक्षा गर्ने यो भावनाले युक्रेनको महिला शक्तिको बल देखाएको जनाईएको छ। उनीहरुको कठिनाइको कथा सञ्चारमाध्यममा प्रकाशित भएपछि मानिसहरुले उनको साहसलाई सलाम गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *