काठमाडौं गेष्ट हाउस अगाडि ढल जाम हुँदा ठमेल जलमग्न

डिसी नेपाल
२९ असार २०८० २०:२४

काठमाडौं। काठमाडौं गेष्ट हाउस अगाडि ढल जाम हुँदा ठमेल जलमग्न भएको छ ।

नियमित वर्षाका कारण सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ ।

ढल जाम हुँदा ठमेलका सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । जाम भएको ढल निकासका लगि काठमाडौं महानगरको टोली परिचालन भएको छ।

काठमाडौँ उपत्यकाका धेरै स्थानमा नियमित वर्षा हुँदा सडक जलमग्न हुने गरेको छ । उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ ।

भौतिक संरचनाको निर्माणको जिम्मेवार कुन निकायको हो भनी स्पष्ट भए पनि ढल निर्माणको काम धेरै निकायले गरिरहेकाले समन्वयका कारण वर्षेनी यो समस्या दोहोरिरहेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *