मधेसमा मनाइयाे भानु जयन्ती

डिसी नेपाल
३० असार २०८० ११:३५

महोत्तरी। भानुभक्तको जन्मजयन्ती मधेशमा पनि भब्यताका साथ मनाइएकाे छ ।

शुक्रबार महोत्तरीको गौतम होटलमा ८४ जना बिद्यार्थीहरुले सोही अवसरमा आफ्ना रचनाका माध्यमवाट भानुभक्तलाइ मात्र सम्झिएनन, देशको अवस्थाप्रती तीखो व्यंग्य प्रहार समेत गरे ।

बर्दिबास हेल्प फाउन्डेसनद्वारा भानुजयन्तिको अवसरमा आयोजित कार्यक्रममा सामाजिक यथार्थवादी कविताहरु प्रस्तुत गर्दै विद्यार्थीहरुले कविता कै माध्यमवाट खवरदारी गरेका हुन् । राष्ट्रिय सरस्वती माध्यामिक विद्यालय कालापानीमा अध्यनरत दुई जना छात्राहरुले त बर्तमान समयमा हराउदै गएको मानविय संवेदनालाइ कविताका माध्यमवाट यथार्थ चित्रण गरेका थिए ।

बलात्कार र यौन दुर्ववहार शिर्षकमा वाचन गरेका उक्त कवितामा विद्यालय, घर, समाज, बस जस्ता ठाउँमा हुने यौनजन्य दुर्ब्यबहारमाथी प्रश्न उठाए भने कविता कै माध्यमवाट गृष्मा भण्डारी र सुम्निमा भण्डारीले निर्मलाहरुका अपराधीले उन्मुक्ति पाएको प्रति चिन्ता ब्यक्त गरेका थिए ।

प्रतियोगीको रुपमा विभिन्न विद्यालयमा अध्यणरत ८४ जना छात्र-छात्राहरु सहभागी भएको उक्त कार्यक्रममा सामाजिक, बिकृती, बिसंगती र मौलाउदै गएको मानविय अपराधको बिषयमा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरे ।

उक्त प्रतियोगितामा पंचधुरा माध्यामिक विद्यालयका छात्रा जस्मिन पौडेल प्रथम, देउराली माध्यामिक विद्यालय बर्दिबासमा अध्यणरत छात्रा मन्जिता परियार दृतिय, जनता माध्यामिक विद्यालयका छात्र जविर दर्जीले तृतीय स्थान हासिल गरेका थिए । उनिहरुलाइ क्रमशः १५ हजार, १० हजार र ५ हजारको पुरुस्कार राशीले सम्मान गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *