ठूला भ्रष्टाचारको काण्डमा कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा छन् : राजेन्द्र लिङ्देन

डिसी नेपाल
३० असार २०८० १३:११

झापा। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको बताएका छन्।

पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिन्छन् भन्ने घटनाक्रमले प्रमाणित भएको दाबी गरेका हुन्।

भ्रष्टाचारका ठूला घटना सार्वजनिक भइरहँदा राप्रपाका कोही मानिस नमुछिएको भन्दै उनले ठूलाठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिष्टका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाए। ​

विदेशीका लागि कम्फर्टेबल सरकारको खोजीमा लाग्ने कांग्रेस र कम्युनिष्ट जनताका लागि कहिल्यै कम्फर्टेबल नभएको भन्दै उनीहरू राष्ट्रियताको विषयमा समेत प्रष्ट नभएको आरोप लगाएका छन्।

कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातरात वक्तव्य जारी गर्न लगाउने, जबर्जस्ती कांग्रेस र कम्युनिष्ट पार्टीमा प्रवेश गराउने गरेको घटनाहरुको स्मरण गर्दै लिङ्देनले अहिले ति पार्टी प्रवेश गर्ने क्रम लगभग शुन्य रहेको र कांग्रेस कम्युनिस्ट सर्वाधिक रक्षात्मक बन्दै गएको दाबी समेत गरे।

राप्रपाले नवीन सोच र दृष्टिकोणका साथ युवा, महिला केन्द्रीत नवीन राप्रपा सम्बन्धि कार्ययोजना ल्याएको र आगामी एक वर्षभित्र दुई लाख पार्टी सदस्य थप गर्ने लक्ष्य लिइएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *