दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु

डिसी नेपाल
३० असार २०८० २०:४०

दार्चुला । नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् ।

घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *