मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरीको जनशक्ति तयारी अवस्थामा

डिसी नेपाल
३१ असार २०८० १०:५६

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बर्षायाममा हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । मनसुनजन्य विपदको सामाना गर्न सबै प्रदेशमा आफ्नो जनशक्तिलाई तयारी हालतमा राखेको हो।

उपकरण अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालय सहित कोशि स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले बताए।

कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटहरुमा १ सय ७ वटा मोटरबोट र र्‍याफ्टबोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस) कन्टेनरहरु समेत तयारी हालतमा राखिएको छ।

त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति सहित नं.१ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं.४ मुक्तिनाथ बाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी रुपन्देही, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी हालतमा राखेको छ।

सूचना शाखाका प्रमुखसहित रहेका डिएसपी थापाका अनुसार   ए क्लासका ८ वटा एम्बुलेन्स नं.१ बराह बाहिनी महोत्तरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ।

सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरण सहित सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालित रहेको पनि सहप्रवक्ता थापाले बताए  ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालका सातै वटा प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार चितवन, विपद् व्यवस्थापन वेशहरु मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरण सहित खटिएको छ ।

मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरुमा एक/एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एकरएक प्लाटुन, सम्पूर्ण गणहरुमा एक÷एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एक/एक सेक्सन आवश्यक सामाग्री सहित तयारी हालतमा राखिएको छ ।

साथै बाढिका कारण पानीका श्रोतहरुमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा१, बाँकेमा र कैलालीमा एकरएक गरी १२ वटा स्थानमा डिप ट्यूवेल सहित सशस्त्र प्रहरीको टोली तयारी हालतमा रहेको छ ।

सशस्त्र प्रहरी बल खराब मौसम , अप्ठ्यारो ठाउँ र २४ सै घन्टा उद्दार र राहतमा जुट्न तयार रहेको डिएसपी थापाले बताए । अफ्ठेरो पर्दा निशुल्क रुपमा संगठनको हटलाइन नम्ब १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न  सकिने समेत डिएसपी थापाको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *