अमेरिका र युरोपमा हीटवेभको चेतावनी, करोडौं मानिस गर्मीबाट प्रभावित हुने

डिसी नेपाल
३१ असार २०८० १४:००

काठमाडौं । अमेरिकामा यो साताको अन्त्यमा कडा गर्मी हुने पूर्वानुमान गरिएको छ, जसका कारण सम्पूर्ण दक्षिण-पश्चिम अमेरिकामा चेतावनी जारी गरिएको छ।

दक्षिणी युरोपमा पनि तीव्र गर्मी जारी छ र अब इटालीका १६ सहरमा रेड अलर्ट जारी गरिएको छ ।

अमेरिकामा जारी गरिएको अधिसूचना अनुसार फ्लोरिडादेखि क्यालिफोर्निया र उत्तरपश्चिमी राज्य वाशिङटनसम्म गर्मीका कारण कम्तीमा ११ करोड मानिस प्रभावित हुनेछन् ।

आगामी दिनमा करिब २.७ करोड मानिसले ४३ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सामना गर्नुपर्ने हुनसक्छ ।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले इटाली, स्पेन, फ्रान्स, जर्मनी र पोल्याण्डमा गर्मीका कारण कठिन अवस्था देख्न सक्ने बताएको छ ।

इएसएले आफ्नो उपग्रह मार्फत जमिन र समुद्रको तापक्रम निगरानी गर्छ। युरोपमा अर्को हप्ता तापक्रम बढ्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *