भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको बढ्यो
काठमाडौँ। इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ। आईओसीले प्रत्येक १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ।
नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ।
प्रतिक्रिया
Facebook Comment