दक्षिण कोरियामा बाढीका कारण पानीले भरिएको सुरुङमा धेरै कार फसे

डिसी नेपाल
३१ असार २०८० १६:१७

काठमाडौं । दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

बाढीका कारण चुङचेओङ प्रान्तको सुरुङभित्र पानी पसेको छ, जसका कारण करिब १९ गाडी पनि फसेका छन् ।

उद्धारकर्ताहरूले सुरुङमा फसेका कारहरूसम्म पुग्ने प्रयास गरिरहेका छन्।

पहिरोका कारण धेरै घर डुबानमा परेको ग्याङसाङको पहाडी क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार देशभर करिब ३ सय मिलिमिटर वर्षा भएको छ ।

कोरियाली मौसम विज्ञान विभागका अनुसार देशमा सामान्यतया वार्षिक १ हजार मिमी देखि १८ सय मिमी वर्षा हुन्छ, यद्यपि यसको अधिकांश गर्मी मौसममा पर्छ।

बाढी प्रभावित क्षेत्रबाट बाहिरिएका तस्विरमा घरहरु पूर्ण रुपमा डुबेको देखिन्छ । धेरै ठाउँमा बाढीको पानीका कारण रेलहरु पनि पटरीबाट खसेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म अझै पानी पर्ने अनुमान गर्दै अवस्था पहिलेभन्दा गम्भीर हुन सक्ने चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *