थुप्रै गाडी फसेको दक्षिण कोरियाको सुरुङमा अचानक पानी भरियो, सात जनाको शव भेटियो

डिसी नेपाल
३१ असार २०८० १७:१९

काठमाडौं । दक्षिण कोरियामा अचानक बाढीको पानीले सुरुङ भरिएको छ । ६ सय ८५ मिटर लामो सुरुङमा पानी भरिएपछि धेरै मानिस अझै फसेका छन् ।

उद्धारकर्मीहरूले सुरुङबाट कम्तीमा सात शव निकालेका छन्। अहिलेसम्म कति मानिस सुरुङमा फसेका छन् भन्ने यकिन छैन । सुरुङमा १५ वटा सवारी साधन फसेको हुन सक्ने अनुमान गरिएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण दक्षिण कोरिया बाढीको चपेटामा परेको छ भने कयौं ठाउँमा पहिरो पनि गएको छ ।

बाढीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको र १० जना अझै बेपत्ता रहेको बताइएको छ ।

अधिकारीहरूका अनुसार चुङ्चेओङ प्रान्तमा अचानक आएको बाढीका कारण सुरुङमा पानी यति छिटो भरिएको छ कि मानिसहरूले समयमै आफ्ना कारहरू बाहिर निकाल्न सकेनन्।

यो सुरुङमा पानी नजिकैको नदी किनार भत्किएर भरिएको हो । उनीहरुलाई बाहिर निकाल्न मानिसहरुले निकै कठिनाई खेप्नु परेको छ ।

उद्धारकर्मीले शनिबार एक शव र नौ जनाको उद्धार गरेका थिए भने आइतबार छ जनाको शव निकालिएको थियो ।

आइतबार बिहान बसभित्रबाट ६ जनाको शव फेला परेको थियो । पछि शनिबार अर्को शव फेला परेको थियो र बाँचेका नौ जनाको उद्धार गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीबाट मृत्यु हुनेको कुल संख्या कम्तीमा ३३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *