हिमालय एअरलाइन्सद्वारा नेपाल अर्थोपेडिक अस्पताललाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण

डिसी नेपाल
१ साउन २०८० १३:४१

काठमाडौँ। हिमालय एअरलाइन्स् प्रा. लिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  नेपाल अर्थोपेडिक अस्पताललाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ।

एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन्।

अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ जहाँ कमजोर आर्थिक अवस्था भएका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्।

अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोह पछि एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले सगरमाथा जनरल वार्डको भ्रमण गरी त्यहाँको अवस्था अवलोकन गरेका थिए।

अध्यक्ष एन्योङ्गले टिप्पणी गरे, “हिमालय एअरलाइन्स्को लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील बृद्धि गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको छ। म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ।“

उनले नेपाल अपाङ्ग संघका पदाधिकारीहरूद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एअरलाइन्स्को  इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केहि अंश सामाजिक उत्तरदायित्वको लागि योगदान गर्ने, हिमालयको प्रतिबद्धता पनि साझा गरे।

डा कैलाश कुमार भण्डारीले हिमालय एअरलाइन्स्प्रति गहिरो कृतज्ञता व्यक्त गर्दै भने, “हामी हिमालयको यो मानवीय र उदार कार्यको उच्च प्रशंसा र कदर गर्छौं र नेपाल अर्थोपेडिक अस्पतालसँगको सहकार्य सुरुवातको लागि हिमालय एयरलाइन्स प्रति हामी आभारी छौं।”

यस कार्यक्रमले हिमालय एअरलाइन्स् र नेपालको स्वास्थ्य सेवा समुदाय बीच चलिरहेको साझेदारीमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाइएको छ। कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवधिमा एअरलाइन्स्ले भेरो सेल भ्याक्सिन, कोभिड–१९ अत्यावश्यक चिकित्सा उपकरण र भेन्टिलेटर, पीसीआर परीक्षण मेसिन, इन्फ्रारेड थर्मोमिटर , एएभ्, र सर्जिकल मास्क आदिको नेपालका विभिन्न अस्पताल, गैरसरकारी संस्था र स्वास्थ्य संस्थालाई महत्वपूर्ण योगदान दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *