काठमाडौंमा अपराधिक घटनामा बृद्धि

डिसी नेपाल
१ साउन २०८० १४:५३

काठमाडाैं। आर्थिक बर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डौले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो।

२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए।

परिसरका अनुसार सवै भन्दा बढि बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएकोे कार्कीले बताए।

त्यस्तै आर्थिक बर्ष २०७९/८० मा प्राप्त २ हजार १ सय ६२ उजुरी मध्ये ६ सय ४१ को मात्रै फर्छौट भएको छ। कार्कीले अनलाईन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरु पनि पछिल्लो समय बढ्दै गएको बताए।

उनले काठमाडाैं जिल्लामा देखिएका अपराधका चुनौतीहरुलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए। कार्कीले नाकामा प्रवधियुक्त प्रणाली जडान गरि अपरान्ध नियन्त्रणतर्फ ध्यान दिने उल्लेख गरे।

त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरु हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाण्डौ निर्माणको अवधारणालाई मुर्तरुप प्रदान गर्ने कार्कीले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *