कुकुरसँग दुई महिनासम्म समुद्रमा फसेका व्यक्ति कसरी बाँचे

डिसी नेपाल
१ साउन २०८० १६:०२

काठमाडौं । एक अस्ट्रेलियाली नाविक आफ्नो कुकुरसहित दुई महिनादेखि समुन्द्रमा फसेका थिए ।

टिम श्याडकले वर्षाको पानी पिएर र समुन्द्रबाट समातेको काँचो माछा खाएर समुन्द्रमा पेट भरिरहे ।

हालै ५१ वर्षीय टिम र उनको कुकुर बेलाको उद्धार गरिएको छ ।

टिमको अवस्था स्थिर रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

सिड्नीमा बस्ने टिमले अप्रिलमा आफ्नो कुकुर लिएर मेक्सिको छोडेर फ्रेन्च पोलिनेसिया गएका थिए ।

त्यसपछि प्रशान्त महासागरमा आएको आँधीका कारण उनको डुङ्गा बिग्रियो र उनी समुन्द्रमा फसे ।

यही हप्ता टिमलाई हेलिकप्टरमा सवार टोलीले देख्यो, त्यसपछि उसलाई बचाउन सकियो।

नाइन न्यूजलाई दिएको अन्तर्वार्तामा टिमले आफ्नो संघर्षको बारेमा भने, ‘समुद्रको अवस्था मेरो लागि निकै कठिन थियो । म अहिले आराम गरिरहेको छु र राम्रो खाना खाइरहेको छु किनकि म लामो समयदेखि समुद्रमा फसेको थिएँ। मेरो स्वास्थ्य राम्रो छ।

टिमले माछा मार्ने हुकले धेरै मद्दत गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *