प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ अंकले बढेको छ। यससँगै सूचक २१४७.६८ विन्दुमा आएको छ।
४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो।
यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ। २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया
Facebook Comment