अवैध रूपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित ४२ वर्षीय लेबनान नागरिक पक्राउ
काठमाडौँ। अवैध रूपमा विदेश लैजाने लागेको अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा लेबनान नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन्।
नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।
प्रतिक्रिया
Facebook Comment