एक केजी सुन र नक्कली रूपैयाँसहित दुई जना पक्राउ

डिसी नेपाल
२ साउन २०८० १३:४२

काठमाडौं। काठमाडौंको बसुन्धराबाट प्रहरीले सुनजस्तो देखिने पहेलो धातु एक किलोहजार दरका र २  नक्कली नोट बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभर्‍याङमा दुर्गा बहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गदो सो सामान फेला पारेको हो।

प्रहरीले गोरखाको आरुघाट गाउँपालिका-१० का ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने वर्ष ४५ को विनय कुमार सिंहलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट २००० दरको भारतीय नक्कली नोट नोट थान-४, १००० दरको नेपाली नक्कली नोट जस्तो देखिने नोट थान-६, ५०० दरको भारतीय नक्कली नोट थान-४ बरामद भएको हो।

१ केजी फाइन गोल्ड’ लेखिएको सुन थान-२, ‘१० जी फाइन गोल्ड ९९९.९’ लेखिएको सुन राखिएको क्यूआर कोड राखिएको प्याकेट थान-२००, ‘१० जी फाइन गोल्ड ९९९.९’ लेखिएको सुन जस्तो पहेँलो धातुका टुक्रा थान-२०, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता थान-१०० बरामद भएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई काठमाडौं परिसर पठाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *