अष्ट्रेलियाको समुन्द्री किनारमा भेटिएको ‘रहस्यमय वस्तु’ भारतीय रकेटको अंश हो ?

डिसी नेपाल
२ साउन २०८० १४:३१

काठमाडौं । अष्ट्रेलियाको समुन्द्र तटमा एउटा ‘रहस्यमय अज्ञात वस्तु’ देखिएको छ । यो देखेपछि स्थानीय बासिन्दा अचम्ममा परेका छन् र यसबारे निकै चर्चा चलिरहेको छ ।

वेस्टर्न अष्ट्रेलियाको ग्रीन हेड बिचमा देखिएको यो सिलिन्डर जस्तो वस्तु देखेर प्रहरी पनि छक्क परेका छन् ।

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ र हाल यो कुनै पनि व्यावसायिक विमानको हिस्सा नभएको उनीहरुको विश्वास छ ।

प्रहरीले अहिले यसलाई ‘जोखिमपूर्ण’ भन्दै सर्वसाधारणलाई यसबाट टाढै रहन आग्रह गरेको छ ।

सेना र अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सी पनि शंकास्पद वस्तुको अनुसन्धानमा संलग्न छन् ।

अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यो ‘विदेशी अन्तरिक्ष रकेट’ को फोहोर इन्धन सिलिन्डर हुन सक्ने बताएको छ । योसँगै विज्ञहरूले यो इन्धन सिलिन्डर हो भने यसमा विषाक्त पदार्थ हुनसक्ने र यो भारतीय रकेटको हुनसक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *