यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर, युराेकाे भाउ १४७ रुपैयाँ नाघ्याे

डिसी नेपाल
३ साउन २०८० ९:०४

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसा रहेको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा कायम भएको थियो भने युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा रबिक्री दर १४७ रूपैयाँ ८० पैसा रहेको थियो।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ६९ पैसा र बिक्री दर १७२ रूपैयाँ ४८ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २४ पैसा र बिक्री दर ८९ रुपैयाँ ६४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ  १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा पुगेको छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसामा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३९ पैसा र बिक्रीदर  १० रूपैयाँ ४३ पैसामा खरिद बिक्री हुनेछ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९ पैसा तथा  बिक्री दर ३५ रुपैयाँ ६ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा र बिक्री दर २८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *