सोनिया गान्धी र राहुल गान्धीको विमानको आपतकालीन अवतरण

डिसी नेपाल
३ साउन २०८० १०:३९

काठमाडौं । बैंगलोरमा विपक्षी दलको बैठकपछि प्रस्थान गरेको सोनिया गान्धी र राहुल गान्धीको विमान भोपाल विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

समाचार एजेन्सी एएनआईले भोपाल प्रहरीलाई उद्धृत गर्दै खराब मौसमका कारण अवतरण भएको जनाएको छ ।

आज बैंगलोरमा विपक्षी दलहरुको बैठक बसेको छ । बैठकमा कांग्रेससहित २६ दलका नेता सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *