पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

डिसी नेपाल
३ साउन २०८० १३:०७

इस्लामावाद। अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ जना मजदुरको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन्।

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ।

दुर्घटनाको जानकारी पाउने वित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो। मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *