ट्रान्सफर्मर पड्किएपछि करेन्ट लागेर १० जनाको मृत्यु
काठमाडौं । उत्तराखण्डको चमोलीमा निर्माणाधीन नमामि गंगे आयोजनामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ ।
यो घटना अलकनंदा नदीको किनारमा भएको थियो, जहाँ ट्रान्सफर्मर पड्किँदा विद्युतीय करेन्ट लागेर मानिसको मृत्यु भएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार चमोलीका एसपी परमेन्द्र डोभालले दुर्घटनामा १० जनाको मृत्यु भएको बताए ।
चमोली प्रहरी नियन्त्रण रुमले बीबीसीसँगको कुराकानीमा करिब २० जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।
प्रतिक्रिया
Facebook Comment