ट्रान्सफर्मर पड्किएर करेन्ट लाग्दा मृत्यु हुनेहरूको संख्या १५ पुग्यो

डिसी नेपाल
३ साउन २०८० १५:४८

काठमाडौं । उत्तराखण्डको चमोलीमा करेन्ट लागेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । उत्तराखण्डका प्रहरी अतिरिक्त महानिदेशक वी मुरुगेसनका अनुसार दुर्घटनामा ज्यान गुमाउने १५ मध्ये एक उपनिरीक्षक र तीन होमगार्ड रहेका छन् । घटनाको अनुसन्धान भईरहेको छ ।

उनले रेलिङमा विद्युत सर्ट भएको प्रारम्भिक रुपमा थाहा भएको बताए । बाँकी विस्तृत विवरण अनुसन्धानपछि मात्र थाहा हुनेछ ।

नमामि गंगे आयोजनाअन्तर्गत निर्माणाधीन आयोजनाको अलकनंदा नदी किनारमा ट्रान्सफर्मर पड्किएर दुर्घटना भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ चमोलीका एसपी परमेन्द्र डोभालले १० जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

चमोली प्रहरी नियन्त्रण रुमले बीबीसीसँगको कुराकानीमा करिब २० जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।

चमोली प्रहरी चौकीका प्रहरी हवल्दार विमल सिंहले बीबीसी हिन्दीलाई भने, “बिहान करिब ९.३० बजे प्रहरी चौकीलाई नमामि गङ्गेको जेनेरेटर कोठाबाहिर एक युवकको शव भएको खबर आएको थियो।”

खबर पाएर प्रहरी चौकीबाट एसआई प्रदीप रावत अन्य प्रहरीसहित घटनास्थलतर्फ गएका थिए ।

उनले भने, “घटनास्थलमा पुगेपछि मृतकको नाम गणेश भएको थाहा भयो जो नमामि गङ्गेमा सञ्चालकको काम गर्थे । गणेश चमोलीबाट १० किलोमिटर टाढा रहेको हरमणि गाउँका बासिन्दा थिए ।”

विमल सिंहका अनुसार घटनास्थलमा मृतक गणेशका आफन्तबाहेक नजिकै बस्ने केही मानिसहरु उपस्थित थिए । प्रहरीले पंचनामाको लागि कारबाही गरिरहेको बेला जेनेरेटर कोठाबाट एक्कासी विद्युत् प्रवाह सुरु भएको थियो ।

प्रहरीका अनुसार विद्युत् प्रवाह बढेका कारण सर्ट सर्किट भएको हो । जेनेरेटर कोठाको दुबै छेउमा फलामको रेलिङ थियो जसका कारण दुर्घटना भएको हो ।

करेन्ट लागेर एसआई प्रदीप रावतसँगै त्यहाँ उपस्थित केही व्यक्तिको मृत्यु भएको हो ।

प्रहरी हवल्दार विमल सिंहका अनुसार ‘मृतक एसआई प्रदीप रावत पिपलकोटी चौकीका इन्चार्ज भए पनि चमोली प्रहरी चौकीका इन्चार्ज कुलदीप रावत आज बिदामा छन्, जसको ठाउँमा एक दिन एसआई प्रदीप रावतको जिम्मेवारी थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *