धनकुटामा हतियारसहित एक जना पक्राउ

डिसी नेपाल
३ साउन २०८० १६:४५

धनकुटा। चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित प्रहरीले पक्राउ गरेको छ ।

रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै विक स्वयंले खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो।

घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *