आर्थिक गतिविधिलाई प्रोत्साहन हुने मौद्रीक नीति जारी गर्न अर्थ समितिको निर्देशन

डिसी नेपाल
४ साउन २०८० १७:५१

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरि मौद्रीक नीति जारी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बिगतको नीतिहरुको समिक्षा तथा आगामी आर्थिक चूनौतिहरुको समेत प्रक्षेपण गर्दै आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरि मौद्रीक नीति जारी गर्न निर्देशन दिएको हो । आन्तरिक उत्पादन र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने गरि ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न पनि समितिले राष्ट्र बैंकलाई निर्देशन दिएको छ भने बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरिवेक्षण सम्बन्धी संयन्त्रणलाई प्रभावकारी रुपमा परिचालन गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने तयारी भइरहेको बताए । उनले गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको जानकारी दिए । उनले अहिले निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको पनि बताए । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्नका लागि राष्ट्र बैंकले उचित निर्णय लिने उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरुले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन र आन्तरिक उत्पादन बढाउनका आवश्यक मौद्रीत नीति ल्याउनुपर्नेमा जोड दिएका थिए । समिति सदस्य पदम गिरीले धेरै ऋण लिने घरानाका अवस्थाका बारेमा राष्ट्र बैंकले छानबिन गर्नुपर्ने बताए ।

त्यस्तै समिति सदस्य दीपक खड्काले सरकारको खर्चलाई पनि धान्ने र व्यवसायीहरुलाई पनि सहज रुपमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । त्यस्तै अन्य समिति सदस्यहरुले बैंकिङ क्षेत्रलाई नियमन गरि यस यस क्षेत्रमा देखिएका विकृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरुले सहकारीको समस्यालाई पनि छिटै समाधान गर्नुपर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *