सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन गृहमन्त्रीको निर्देशन (भिडियोसहित)
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुराउन निर्देशन दिएका छन्।
शुक्रबार त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरि निष्कर्षमा पुराउन छानविन समितिलाई निर्देशन दिएका हुन्।
भन्सार जाँचका सवै प्रक्रिया पुरा गरेर करिव १ क्वीन्टल सुन भन्सार निस्कनु सामान्य घटना नभएको भन्दै उनले जस्तोसुकै वा जो सुकै भएपनि जरैसम्म पुग्ने गरि कारवाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन प्राप्त भएको जिकिर गरे ।
उनले आवश्यकता परे नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागलाई सहयोग गर्ने र अहिले राजस्वको छानविन समितिलाई नै सहयोग गर्ने प्रतिवद्धता जनाए । श्रेष्ठले बिमानस्थलको आगमनका प्रहरीको उपस्थीति नरहने भएकाले अव भने प्रहरीको उपस्थीति गराउने गरि छलफल अघि बढाउने जानकारी दिए । उनले भ्रष्टाचार विरोधी अभियान र सुशासनको अभियानलाई दिगभ्रमित गर्ने कामबाट बिचलित नहुने स्पष्ट पारेका छन्।
उनले भ्रष्टाचार अपराधका कुरामा कुनै दल नहेर्ने जिकिर गरे । करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भन्सार कार्यालयको अनुगमन गरेका हुन्।
हेर्नुहोस् भिडियो:
Facebook Comment