पाकिस्तानले युक्रेनलाई हतियार दिएको प्रश्नमा बिलावल भुट्टोले के भने ?

डिसी नेपाल
६ साउन २०८० १०:०३

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पाकिस्तानले युक्रेनलाई हतियार सहयोग नगरेको बताएका छन् ।

“हामीले युक्रेनको अवस्थाको बारेमा छलफल गर्यौं र मैले वर्तमान स्थितिमा मेरो गहिरो चिन्ता साझा गरेको छु। पाकिस्तानले युक्रेनका जनताको पीडा बुझ्दछ,” उनले युक्रेनी समकक्षी दिमित्रो कुलेबासँग बिहीबार संयुक्त पत्रकार सम्मेलनमा भने।

एक प्रश्नको जवाफमा बिलावल भुट्टोले भने, ‘पाकिस्तानले युक्रेनलाई हतियार दिइरहेको छैन । बैठकमा हामीले वार्ताबाट समाधान खोज्न र शान्ति कायम गर्न आग्रह गरेका छौं । पाकिस्तान शान्ति कायम गर्नको लागि पहलको पक्षमा उभिएको छ र यसका लागि सबै सम्भव सहयोग गर्नेछ।”

रुसविरुद्धको युद्धमा युक्रेनलाई अमेरिका, बेलायत र युरोपेली देशहरूले हतियार र आर्थिक सहयोग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *