डोनाल्ड ट्रम्पविरुद्ध संवेदनशील कागजात दुरुपयोगको आरोपमा सुनुवाइ मिति तय

डिसी नेपाल
६ साउन २०८० १२:०३

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजातहरूको कथित दुरुपयोगको मामलामा मे २०, २०२४ मा मुद्दा चलाइनेछ।

न्यायाधीश इलिन क्याननले मिति तय गरेका हुन् । सन् २०२४ को नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुने भएकाले ट्रम्पले निर्वाचनपछि मुद्दा चलाउन चाहेका थिए भने अभियोजनले निर्वाचनअघि नै मुद्दा चलाउन चाहेको थियो ।

ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो घरमा संवेदनशील फाइलहरू राखेको गम्भीर आरोप छ। सरकारी वकिलहरूले पद छोडेपछि अवैध रूपमा गोप्य कागजातहरू राखेको र सरकारले फिर्ता लिन खोज्दा उसको काममा अवरोध गरेको अभियोजकहरूले बताएका छन्।

पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानलाई खत्तम पार्न जानाजानी यस्तो प्रयास भइरहेको बताउँछन् । उनले आफूलाई निर्दोष घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *