कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज(साउन ७ गते) बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो।
आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १० लाख ४८ हजार ४६८ जना आवेदकले १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका लागि आवेदन परेको छ। तीमध्ये १० लाख ४७ हजार ३०५ आवेदकबाट परेको १ करोड ११ लाख २२ हजार ३७० कित्ता सेयर सदर भएको छ भने बाँकी १ हजार १६३ आवेदकबाट परेको १३ हजार ६०९ कित्ता सेयर रद्द भएको छ।
सदर भएको आवेदनमध्ये १० हजार ११५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्।
कम्पनीले असार २६ गतेदेखि १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला गरेको हो। योमध्ये १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ। त्यस्तै, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो।
Facebook Comment