‘ओपेन हाइमर’को अन्तरंग सीनमा भगवद् गीता देखाए पछि विराेध

डिसी नेपाल
७ साउन २०८० १०:४२

मुम्बइ। क्रिस्टोफर नोलनको फिल्म  ‘ओपेनहाइमर’ मा एक इन्टिमेट सीनमा भगवद् गीता देखाएको भन्दै विवाद सुरु भएको छ।वास्तवमा फिल्मको एक अंतरंग दृश्यमा मुख्य अभिनेता सिलियन मर्फी भागवद् गीता पढिरहेको देखाए पछि बिबाद सुरू भएको हो।

यो दृश्यप्रति दर्शकले आपत्ति जनाएका छन्। सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले यो दृश्य निकै आपत्तिजनक रहेको बताउँदै हटाउनु पर्ने माग गरेका छन्। ‘यो हाम्रो धार्मिक ग्रन्थको अपमान हो’ उनीहरूले भनेका छन्।

केही प्रयोगकर्ताहरूले भने यसको लागि भारतीय सेन्सर बोर्डलाई जिम्मेवार ठहराए। सेन्सर बोर्डले कसरी सिनेमा हलमा रिलिज गर्न अनुमति दिएको हो ? उनीहरूले प्रश्र गरेका छन्। यस्तो दृश्य पास गर्ने बोर्डका सदस्यले लाज मान्नु पर्छ उनीहरूले भनेका छन्।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो अन्तरंग दृश्यको के आवश्यकता थियो ? एक अद्भुत फिल्म हो तर म यो दृश्य देखेर धेरै निराश भएँ

अर्का प्रयोगकर्ताले टिप्पणी गरे, ‘ओपेन हाइमरको एउटा दृश्यमा एक नग्न केटीले गीता ल्याउँछिन् र त्यसपछि ओपेनहाइमरले इन्टिमेट सीनको बेला पढ्छिन्। मेरो विचारमा यो धेरै अपमानजनक छ।’

यसअघि फिल्म समीक्षक सुचित्रा त्यागीलाई दिएको अन्तर्वार्तामा सिलियनले भगवद् गीताको उल्लेख गरेका थिए। उनले भनेका थिए, ‘यस चरित्रको तयारीका लागि मैले भगवद् गीता पढेको थिएँ। मलाई यो धेरै प्रेरणादायक लाग्यो।’

यो फिल्म वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित छ। ओपेनहाइमरलाई हिन्दू महाकाव्यमा ठूलो चासो थियो। यस्तो अवस्थामा रियल लाइफको सन्दर्भलाई लिएर निर्देशकले भागवत गीताका उद्धरणहरू पनि फिल्ममा समावेश गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *