ग्रीसको जंगलमा लागेको भीषण आगलागीका कारण घर तथा होटलमा बस्ने हजारौं मानिस प्रभावित

डिसी नेपाल
७ साउन २०८० १६:०५

काठमाडौं । ग्रीसको रोड्स टापुमा लागेको डढेलोका कारण पर्यटकसहित हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

देशको दमकल विभागले यो आगलागीलाई अहिलेसम्मकै सबैभन्दा कठिन चरणको रूपमा वर्णन गरेको छ।

३५०० भन्दा बढी मानिसलाई जमिन र समुन्द्र मार्गबाट ​​सुरक्षित स्थानमा पुर्याएको अनुमान गरिएको छ ।

गत मङ्गलबारदेखि युरोपभर गर्मीको लहर चलिरहेको बेला यस टापुको जङ्गल जलिरहेको छ। हावाहुरीका कारण यो आगलागी झनै चर्किएको छ ।

ग्रीसको क्लाइमेट क्राइसिस एण्ड सिभिल प्रोटेक्शन मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कसैलाई चोटपटक लागेको छैन ।

रोड्सका होटलहरूमा बसेका पर्यटकहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालेर अन्य टापुका होटलहरूमा पठाइएको मन्त्रालयले जनाएको छ।

हाल यस क्षेत्रमा पाँच हेलिकप्टर र १७३ दमकलले काम गरिरहेका छन् । आगलागीबाट कियोत्री क्षेत्रका तीन होटलमा पनि क्षति पुगेको समाचार छ । यसबाहेक लार्मा, लार्डोस र अस्क्लिपियो क्षेत्र पनि प्रभावित भएका छन् ।

मौसम विभागका अनुसार ग्रीसमा गर्मी अझै बढ्न सक्ने र यो साताको अन्त्यमा तापक्रम ४५ डिग्री सेल्सियससम्म जान सक्नेछ । यदि यसो भयो भने, ग्रीसमा पछिल्लो ५० वर्षमा सबैभन्दा तातो जुलाई हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *